ग्लोबल आइएमई बैंक भारतमा
Post Date : April 21, 2016 | 7:36 pm

ग्लोबल आइएमई बैंकले भारतमा सम्पर्क तथा प्रतिनिधि कार्यालय खोलेको छ । भारतको नयाँ दिल्लीमा खोलिएको सम्पर्क कार्यालयको नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल र भारतीय रिजर्व बैंकका जनरल म्यानेजर केबी पण्डितले संयुक्त रुपमा उद्घाटन गरेको बैंकले जनाएको छ । बैंकले यसअघि अष्ट्रेलियामा सम्पर्क कार्यालय खोलिसकेको छ ।