ग्लोबल आईएमई बैंकको संचालन मुनाफा १ अर्ब १७ करोड रुपैयाँ
Post Date : January 27, 2017 | 3:58 pm

काठमाडौँ, १४ माघ । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को दोश्रो त्रैमाससम्म ८४ अर्ब १२ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन र ७१ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब १७ करोड ६७ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ भने ९० करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
बैंकको हाल चुक्ता पूँजी ७ अर्ब १५ करोड ५ लाख ५० हजार रुपैयाँ रहेको छ ।