ग्लोबल आईएमई बैंक र साउदी अरेबियाको अलिन्मा बैंकबीच रेमिट्यान्स सम्झौता
Post Date : May 8, 2016 | 12:50 pm

ग्लोबल आईएमई बैंक र साउदी अरेबियाको अलिन्मा बैंकबीच रेमिट्यान्स कारोवारको लागि सम्झौता भएको छ । यो सेवाको सुरुवातसँगै साउदी अरेबियामा रहेका नेपालीले अलिन्मा बैंकको इरसल मनि ट्रान्सफर सेवाको ५० ओटा एजेन्ट मार्फत नेपालमा सजिलै रकम पठाउन सकिने बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसरी पठाएको रकम मुलुकभर रहेका बैंकका सम्पूर्ण शाखा र एजेन्टमार्फत भुक्तानी लिन सकिने जनाएको छ ।