घितोपत्र बोर्डले मर्चेन्ट बैंकरको पूँजी वृद्धि गर्ने
Post Date : November 27, 2016 | 2:46 pm

काठमाडौँ, १२ मङ्सिर । नेपाल घितोपत्र बोर्डले मर्चेन्ट बैंकरको चुक्ता पूँजी वृद्धि गर्ने भएको छ । मर्चेन्ट बैंकहरुको कामको प्रकृति हेरेर हाल १ करोडदेखि ७ करोड रुपैयाँसम्म चुक्तापूँजी रहेको छ ।
शेयर रजिष्ट्रारको मात्र काम गर्ने मर्चेन्ट बैंकरको १ करोड रुपैयाँ, निष्काशन तथा बिक्री प्रबन्धकको ३ करोड रुपैयाँ, धितोपत्र प्रत्याभूतीकर्ताको ४ करोड रुपैयाँ, निश्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूती शेयर रजिष्ट्रेशन र लगानी व्यवस्थापनको काम गर्ने मर्चेन्ट बैंकरको ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।
हाल यस्ता प्रकृतिका काम गर्ने मर्चेन्ट बैंकरको संख्या १४ वटा रहेका छन् ।