चरिकोटमा सिन्धु विकास बैंकको शाखा खुल्यो
Post Date : August 3, 2016 | 11:44 am

काठमाडौं, १९ साउन । सिन्धु विकास बैंकले दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा शाखा खोलेको छ । शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले गर्नु भएको छ । बैंकको यो एघारौं शाखा हो ।
बैंकको मेलम्ची, खाँडीचौर, मुडे, सुकुटे, बनेपा, पाँचखाल, दोलालघाट, भकुण्डेबेसी र बाह्रबिसेमा शाखा कार्यालयहरू रहेका छन् ।
बैंकको चुक्ता पूँजी १२ करोड ५० लाख रुपैया छ । हकप्रद शेयर जारी गर्ने तयारीमा रहेको बैंकले जनाएको छ ।