छिमेक लघुवित्त विकास बैकले २०.७० प्रतिशत लाभांश दिने
Post Date : December 30, 2016 | 4:57 pm

काठमाडौँ, १५ पुस । छिमेक लघुवित्त विकास बैकको १५ औँ बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७२।७३ को नाफाबाट ४० प्रतिशत बोनस सेयर र १२.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
बैंकले गत आर्थिक वर्ष २०७२।७३ मा ६ अर्ब ९२ करोड ९५ लाख निक्षेप संकलन, ३ अर्ब ७८ करोड ७२ लाख सापटी र ९ अर्ब ६८ करोड ५९ लाख कर्जा प्रवाह गरी ४७ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
बैंकको हाल ६१ जिल्लामा १ सय २६ वटा शाखाबाट लघुवित्त कार्यक्रम मार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।