जनउत्थानको नयाँ शाखा दाङको लालमटियामा
Post Date : January 26, 2017 | 2:42 pm

काठमाडौँ, १३ माघ । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले दाङको लालमटियामा १३ औं शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन सांसद सुशीला चौधरीले गर्नु भएको छ ।
बैंकले १० जिल्लामा १२ शाखा कार्यालय मार्फत १३ हजार ५ सय ग्राहकलाई सेवा दिंदै आइरहेको छ । हाल सम्म ४५ करोड रुपैयाँ लगानी गरी १ करोड २५ लाख रुपैयाँ कमाएको जनाएको छ ।