जनता बैंकको वार्षिकोत्सवका अवसरमा प्रभातफेरी र रक्तदान
Post Date : April 6, 2017 | 10:09 am

काठमाडौँ, २४ चैत । जनता बैंक नेपाल लिमिटेडले आठौँ वर्ष प्रवेशका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । बैंकले त्रिवेणी विकास बैंकसँगको मर्जरका अवसर पारेर आफ्नो प्रधान कार्यालय शंखमुल मार्ग, नयाँ बानेश्वरदेखि पशुपतिनाथ मन्दिरसम्म प्रभातफेरी र पशुपतिनाथ मन्दिरदेखि गुह्येश्वरी मन्दिरसम्मको क्षेत्रमा सरसफाइ गरेको छ । त्यस्तै बैंकले प्रधान कार्यालयमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।