जनता बैंक नेपाल लिमिटेडको एकीकृत कारोवार शुरु
Post Date : April 8, 2017 | 5:28 pm

काठमाडौँ, २६ चैत । जनता बैंक नेपाल लिमिटेड र त्रिवेणी विकास बैंक मर्ज भई शुक्रबारदेखि एकीकृत कारोवार शुरु भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले एकीकृत कारोवारको उद्घाटन गर्नु भएको छ । दुवै बैंक मर्ज भई बनेको जनता बैंक नेपाल लिमिटेडको चुक्ता पूँजी ४ अर्ब ७२ रकोड रुपैयाँ पुगेको छ भने बैंक शाखा संख्या ७३, एटिएम संख्या ३८ र शाखारहित बैंकिङ्ग सञ्जाल १९ वटा रहेको छ । बैंकको रजिष्टर्ड कार्यालय थापाथलीस्थित बिजनेस पार्कमा रहने बैंकले जनाएको छ ।