जनता बैंक र त्रिवेणी विकास बैंकको एकीकृत कारोवार चैत २५ गते बिहीबारबाट शुरु
Post Date : April 3, 2017 | 11:59 am

काठमाडौँ, २१ चैत । जनता बैंक नेपाल लिमिटेडमा त्रिवेणी विकास बैंक गाभिई चैत २५ गते बिहीबारबाट एकीकृत कारोवार शुरु हुने भएको छ । एकीकृत कारोवारका लागि चैत २४ गते बुधबार दुवै बैंकका कार्यालयहरू बन्द रहनेछ ।
नेपाल राष्ट्र बैंकले २०७३ चैत ६ गते अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयले २०७३ चैत १३ गते स्वीकृति दिएको थियो ।
डिडिए प्रतिवेदनलाई आधार मानी दुवै बैंकको १ बराबर १ को अनुपातमा स्वाप रेसियो कायम हुने सहमति यसअघि नै भइसकेको छ ।
मर्जरपछि बैंकको चुक्ता पूँजी ४ अर्ब ७२ करोड ३० लाख रुपैयाँ पुग्नेछ ।