जनता बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकको एकीकृत कारोवार शुरु
Post Date : July 15, 2017 | 12:16 pm

काठमाडौँ, ३१ असार । जनता बैंक नेपाल लिमिटेडले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी एकीकृत कारोवार शुरु गरेको छ ।
बैंकको एकीकृत कारोवारको उद्घाटन २०७४ असार ३० गते शुक्रबार नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले गर्नु भएको छ ।
सिद्धार्थ डेभलपमेन्ट बैंक प्राप्तीपछि जनता बैंकको चुक्ता पूँजी ७ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै निक्षेप संकलन ५० अर्ब रुपैयाँ र कर्जा प्रवाह ४५ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकको हाल ११३ वटा शाखा, १८ वटा शाखारहित बैंकिङ सेवा र ६७ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको जनाएको छ ।