जनरल फाइनान्स र बेष्ट रेमिटबीच सम्झौता
Post Date : April 27, 2017 | 5:55 pm

काठमाडौँ, १४ वैशाख । जनरल फाइनान्स लिमिटेड र बेष्ट रेमिटबीच विप्रेषण भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा जनरल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारी र बेष्ट रेमिटका प्रबन्ध निर्देशक दिवाकर पौडेलले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौतापछि विश्वका विभिन्न देशबाट बेष्ट रेमिटमार्फत पठाएको रकम जनरल फाइनान्सका शाखाहरूबाट भुक्तानी लिन सकिनेछ ।