जनरल फाइनान्स लिमिटेड पुनः संचालनमा
Post Date : December 23, 2016 | 3:08 pm

काठमाडौँ, ८ पुस । जनरल फाइनान्स लिमिटेड पुनः संचालनमा आएको छ । जनरल फाइनान्सलाई २०७० साल जेठ १२ गते नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो ।
कतारस्थित गैरआवासीय नेपालीहरुले फाइनान्स किनेर संचालन गर्ने प्रस्ताव गरेपछि मात्रै नेपाल राष्ट्र बैंकले फाइनान्सलाई समस्याग्रस्त सूचीबाट हटाएको थियो । समस्याग्रस्त सूचीबाट हटे पनि फाइनान्स नेपाल राष्ट्र बैंकको निगरानीमा नै रहने जनाएको छ ।
१३ करोड २२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्समा अहिले नयाँ लगानीकर्ताले २२ करोड रुपैयाँ लगानी गरेका छन् । फाइनान्समा संस्थापक लगानीकर्ताको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर लगानी रहेको छ ।