जलवायु कोषबाट दुई अर्ब अनुदान
काठमाडौँ, २३ मङ्सिर । एसियाली विकास बैंकले २५ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागि रु दुई अर्बभन्दा बढी अनुदान उपलब्ध गराउने भएको छ ।
नेपालको ऊर्जा आवश्यकता र मागलाई दृष्टिगत गरी सौर्य ऊर्जा प्रवर्द्धनका निम्ति बैंकले जलवायु कोषबाट उक्त रकम प्रदान गर्ने घोषणा गरेको हो ।
बैंकले आज यहाँ पत्रकार सम्मेलन गरेर सन् २०१८ सम्ममा उक्त क्षमताको सौर्य ऊर्जा उत्पादन गर्न नेपाल विद्युत् प्राधिकरणमार्फत अनुदान सम्बद्ध उत्पादकलाई उपलब्ध गराइने जनाएको छ ।
![Pl;ofnL a}ªs–kqsf/ ;Dd]ng Pl;ofnL ljsf; a}ªssf b]zLo lgb]{zs s]lgrL of]sf]ofn] a}ªs4f/f ;~rflnt ljsf; cfof]hgfsf af/]df laxLaf/ kqsf/ ;Dd]ngdfkm{t hfgsf/L u/fpFb} . tl:a/ M k|bLk/fh jGt, /f;;](https://bankkosamachar.com/wp-content/uploads/2016/12/adb-press-meet.jpg)
उक्त बैंकका देशीय निर्देशक केनिची योकोयामाले सौर्य ऊर्जा उत्पादनमा निजी क्षेत्रको सहभागिता अभिवृद्धि र प्रोत्साहनाका निम्ति कोषबाट अनुदान उपलब्ध गराउने निर्णय भएको बताउनुभयो । उहाँले बैंकको सहयोगमा नेपालमा सञ्चालित विकास निर्माणका परियोजनाको प्रगतिबारे जानकारी दिँदै मेलम्ची खानेपानी आयोजनाजस्ता विशाल परियोजनालाई बैंकले विशेष प्राथमिकता दिएको बताउनुभयो । रासस
