जापानको केडीडीआई नेपाल टेलिकमको ३०% शेयर किन्न इच्छुक
Post Date : August 6, 2016 | 6:28 pm

काठमाडौं, २२ साउन । नेपाल टेलिकमको ३० प्रतिशत शेयर जापानको दूरसञ्चार सेवा प्रदायक समूह केडीडीआईले किन्ने चासो देखाएको छ । उक्त समूहले व्यवस्थापनको जिम्मा समेत लिने गरी सझेदारी गर्न इच्छा देखाएको छ । नेपाल टेलिकममा सरकारको ९१.५० प्रतिशत शेयर रहेको छ ।
केडीडीआईले जापानमा टेलिफोन, मोबाईल, इन्टरनेट, केवल टेलिभिजन लगायत सेवा दिँदै आएको छ । यो कम्पनी जापनमा मोबाईल सेवा प्रदान गर्ने दोस्रो ठूलो कम्पनी हो ।