ज्योति विकास बैंकले ११.७ प्रतिशत बोनस शेयर वितरण गर्ने
Post Date : January 16, 2017 | 12:43 pm

काठमाडौँ, ३ माघ । ज्योति विकास बैंकको नवौँ वार्षिक साधारण सभाले शेयरधनीलाई ११ दशमलब ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ ।
साथै, सभाले बोनस शेयर वितरण भएपछि हुन आउने चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने समेत प्रस्ताव पारित गरेको छ ।