ज्योति विकास बैंकले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने
Post Date : April 19, 2017 | 7:53 am

काठमाडौँ, ६ वैशाख । ज्योति विकास बैंकले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । बैंकलाई १ करोड १० लाख ४३ हजार १ सय ७१ कित्ता शेयर बराबर १ अर्ब १० करोड ४३ लाख १७ हजार १ सय रुपैयाँको हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । हकप्रद शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल लिमिटेड तोकिएको छ ।