टुरिजम् डेभलपमेन्ट बैंकद्वारा ईएमभी चिप कार्ड जारी
Post Date : June 27, 2017 | 12:54 pm

काठमाडौँ, १३ असार । टुरिजम् डेभलपमेन्ट बैंकले ईएमभी चिपमा आधारित भिसा डेबिट कार्ड, यूएस डलर कार्ड, अन्तर्राष्ट्रिय ट्राभल कार्ड अाइतबारका दिन एक कार्यक्रमका बीच जारी गरेको छ । यी कार्डहरू विश्वव्यापी रूपमा प्रयोग गरिने अत्याधुनिक ईएमभी चिप प्रविधिमा आधारित भएकोले धेरै सुरक्षित भएको बैंकले जनाएको छ ।
यस्तै बैंकले स्मार्ट मोबाईल बैंकिङ सेवा समेत शुरु गरेको छ । बैंकले शाखा विस्तार योजना अन्तर्गत ८ वटा नयाँ शाखा र ५ वटा थप एक्सटेन्सन काउण्टर संचालनमा ल्याउने जनाएको छ ।