टुरिजम् डेभलपमेन्ट बैंकको एटिएम बीरगञ्जमा
Post Date : January 31, 2017 | 12:38 pm

काठमाडौँ, १८ माघ । टुरिजम् डेभलपमेन्ट बैंकले बीरगञ्जको लिंकरोडमा एटिएम सेवा संचालनमा ल्याएको छ । यो बैंकको १३ औँ एटिएम हो । यस एटिएमबाट बीरगञ्ज र आसपासका क्षेत्रका ग्राहक थप लाभान्वित हुने अपेक्षा गरेको बैंकले जनाएको छ ।
बैंकको हाल २२ वटा शाखा, एउटा एक्टेन्सन काउन्टर र १३ वटा एटिएम संचालनमा रहेका छन् ।