डायलाइसिस सेवा सँधैका लागि निःशुल्क
Post Date : May 13, 2016 | 9:10 am

काठमाडौं, ३१ बैशाख ।सरकारले मृगौला रोगीलाई डायलाइसिस सेवा सँधैका लागि निःशुल्क गराउने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले मृगौला पीडितको उपचारमा थप सहयोग पुग्ने गरी यस्तो निर्णय गरेको हो । यसअघि महँगो पर्ने डायलाइसिस सेवा दुई वर्षसम्म सरकारले निःशुल्क उपलब्ध गराएको थियो ।