डुम्रेमा पोखरा फाइनान्स
Post Date : June 5, 2016 | 1:59 pm

पोखरा फाइनान्स लिमिटेडले तनहुँको बन्दीपुर नगरपालिका–१, डुम्रेमा पाँचौं शाखा स्थापना गरी बैंकिङ्ग कारोवार सुरु गरेको छ । डुम्रे बजार तनहुँको अतिरिक्त गोरखा, लमजुङ र मनाङ जिल्ला समेतको व्यापारिक केन्द्र भएकोले शाखा स्थापना गरिएको फाइनान्सले जनाएको छ ।