तीन करोड भन्दा बढी कित्ता सेयर सूचिकृत
Post Date : January 3, 2017 | 3:12 pm

काठमाडौँ, १९ पुस । नेपाल स्टक एक्सचेन्जमा सोमबार विभिन्न पाँचै कम्पनीको ३ करोड १ लाख २४ हजार ४ सय २१ कित्ता सेयर सूचीकृत भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ४९ लाख १४ हजार २७ कित्ता बोनस सेयर, नबिल बैंकको १ करोड ४२ लाख ८९ हजार ३ सय ७४ कित्ता बोनस सेयर, कन्ट्री डेभलपमेन्टको २ लाख ४१ हजार २ सय ८० कित्ता बोनस सेयर, मिथिला लघुवित्त विकास बैंकको १ लाख ७९ हजार ७ सय ४० कित्ता बोनस सेयर र अपी पावर कम्पनीको ५ लाख कित्ता बोनस शेयर नियमित कारोवारको लागि सूचिकृत भएको छ ।