त्रिवेणी घरकर्जा योजना
Post Date : June 3, 2016 | 1:50 pm

त्रिवेणी विकास बैंकले आवासको कारोवार गर्ने ग्राहकवर्गलाई लक्षित गरी “त्रिवेणी घरकर्जा योजना” ल्याएको छ । यो कर्जा वार्षिक ८.४९ प्रतिशत व्याजदरमा उपलब्ध हुनेछ । बैंकले जेठको पहिलो हप्तादेखि यो योजना लागू गरेको हो । विकास बैंकले घरकर्जामा दिएको यो सस्तो व्याजदर हो । यस योजनाले घरकर्जा लिने ग्राहक बढ्ने बैंकले विश्वास लिएको छ ।