दक्षिण कोरियामा बेरोजगारको सङ्ख्या दश लाख
सोल, २ फागुन । दक्षिण कोरियामा यस वर्षको जनवरीको एक तथ्यांकअनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ ।
बेरोजगारहरुको यो सङ्ख्या यहाँको जनसंख्याको ३.७ प्रतिशत रहेको सरकारी प्रतिवेदनले देखाएको बुधबार जनाइएको छ ।
यो सङ्ख्या गतवर्ष सोही समयको तुलनामा १२ हजारले बढेको दक्षिण कोरियाको तथ्याङ्क विभागले जानकारी दिएको छ ।
जनवरी महिनामा रहेको ३.७ प्रतिशत बेरोजगारीको दर गएको वर्षको सुरुदेखि नै परिवर्तन भएको थिएन ।
तर १५ देखि १७ वर्षको उमेरका व्यक्तिमा ८.७ प्रतिशत रहेको यो सङ्ख्या जनवरीमा भने ०.१ प्रतिशतमा झरेको छ ।
गत वर्षको मे महिनामा आफ्नो कार्यालय सम्हाल्नु भएका दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले विशेषगरी युवायुवतीको बेरोजगारी दरलाई घटाउने प्रण गर्नुभएको थियो ।
यसै अनुसार नै देशमा युवा बेरोजगारहरुको सङ्ख्यामा उल्लेखनीय रुपमा नै कमी आएको सरकारले दाबी गर्ने गरेको छ । (रासस/सिन्हवा)