दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजना २५ मे.वा.को वित्तीय व्यवस्थापन
Post Date : February 16, 2018 | 1:14 pm
काठमाडौँ, ४ फागुन । धौलागिरी कालिका हाईड्रो लिमिटेडले म्याग्दी जिल्लाको दर्वाङ्ग, निसकोट, वावियाचौर अवस्थित म्याग्दी खोलाको पानीबाट २५ मेगावाट क्षमताको “दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजना” निर्माण गर्ने भएको छ । परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ । परियोजनामा सानिमा, प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी, मुक्तीनाथले अधिकतम सत्तरी प्रतिशत लगानी गर्नेछन् । उक्त परियोजना सम्पन्न हुन तीन वर्ष लाग्ने र परियोजनाले वार्षिक पन्ध्र करोड युनिट बिजुली उत्पादन गर्नेछ ।