दशैंमा साझाका नया बस राजधानीका सडकमा
Post Date : September 20, 2016 | 8:45 pm

काठमाडौं, ४ असोज । साझा यातायातले दशैंको अवसर पारेर थप ३० वटा बसबाट सेवा दिने भएको छ ।
साझा यातायातले खरिद गरेको ३० वटा बसमध्ये १७ वटा बस बीरगञ्ज भन्सार कार्यालयबाट छुट्ने क्रममा छन् भने १३ वटा बस भन्सार कार्यालयको सम्पूर्ण प्रक्रिया पूरा गरेर काठमाडौं आइपुगी सकेको छ ।
बस खरिदका लागि काठमाडौं महानगरपालिकाबाट प्राप्त १० करोड रुपैयाबाट खरिद गरिएको हो ।
ती बसहरू बुंगमतीबाट जावलाखेल हुँदै रत्नपार्क रुट, लुभु टामाटारबाट जावलाखेल हुँदै रत्नपार्क रुट, कलंकीबाट रत्नपार्क–कोटेश्वर–भक्तपुर रुट, बालाजुबाट ठमेल हुँदै एयरपोर्ट रुट र लगनखेलबाट रत्नपार्क, महाराजगञ्ज हुँदै ग्रान्डी अस्पताल–टोखा चल्नेछन् ।