देवः विकास बैंकको चिपमा आधारित भिसा डेबिट एटिएम कार्ड
Post Date : May 2, 2017 | 4:34 pm

काठमाडौँ, १९ वैशाख । देवः विकास बैंकले चिपमा आधारित भिसा डेबिट एटिएम कार्ड प्रयोगमा ल्याएको छ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेडको सहकार्यमा बैंकले यो सेवा प्रयोगमा ल्याएको हो ।
बैंकले जारी गरेको भिसा एटिएम कार्ड नेपाल र भारतमा रहेको भिसा सञ्जालमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । बैंकले विद्यमान एससिटी डेबिट एटिएम कार्डको सेवालाई समेत निरन्तरता प्रदान गरिरहेको छ ।