देवः विकास बैंकको शाखा चितवनको माडीमा
Post Date : July 2, 2017 | 1:39 pm

चितवन, १८ असार । देवः विकास बैंकले चितवनको माडी नगरपालिका, वडा नं. ३, बसन्तपुरमा शाखा संचालन गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले २०७४ असार १६ गते शुक्रबार गर्नु भएको थियो ।
बैंकले हालसम्म १० अर्ब रुपैयाँ निक्षेप संकलन र ९ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३१ करोड ४० लाख रुपैयाँ संचालन मुनाफा गरेको जनाएको छ ।