देवः विकास बैंकमा रक्तदान
Post Date : July 17, 2017 | 3:47 pm

काठमाडौँ, २ साउन । देवः विकास बैंकले १२ औँ वर्ष प्रवेशको अवसरमा २०७४ साउन १ गते अाइतबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा ब्लड डोनर्स एसोसियसन नेपालको सहकार्यमा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा ५० जनाभन्दा बढीले रक्तदान गरेको विज्ञप्तीमा जनाइएको छ ।