देवः विकास बैंकले शिलबन्दी बोलपत्रद्वारा ६,१७,६१५.३९ कित्ता हकप्रद शेयर बिक्री गर्ने
Post Date : April 25, 2017 | 8:14 am

काठमाडौँ, १२ वैशाख । देवः विकास बैंकले हकप्रद शेयर बिक्री खुल्ला गरी आवेदन मात्र गरेकोमा संस्थापक शेयरतर्फ ३,८३,२९७.३८ कित्ता र सर्वसाधारण शेयरतर्फ २,३४,३१८.०१ कित्तासमेत जम्मा ६,१७,६१५.३९ कित्ता शेयरका लागि आवेदन नपरेकोले शिलबन्दी बोलपत्रद्वारा शेयर बिक्री गर्ने भएको छ ।
शेयर खरिदका लागि मूल्य प्रति शेयर रु.१००।– तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।