देवः विकास बैंकले ५०% हकप्रद शेयर दिने
Post Date : August 16, 2016 | 12:58 pm

काठमाडौं, ३२ साउन । देवः विकास बैंकको विशेष साधारण सभाले ५० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव पारित गरेको छ ।
२०७४ असार मसान्तसम्म २ अर्ब ५० करोड रुपैया पुरयाउनु पर्ने नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरिसकेकोले सो बमोजिम बैंकले आफ्नो पूँजी वृद्धि योजना अनुसार हकप्रद शेयर जारी गर्न लागेको हो ।
बैंकको हकप्रद शेयर जारीपश्चात चुक्ता पूँजी १ अर्ब ३२ करोड १६ लाख रुपैया पुग्नेछ र नपुग रकम मर्जर/एक्विजिसन तथा गत वर्षको नाफाबाट बोनस शेयर जारी गरी पूँजी पुरयाउने बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।