धितोपत्रको दोस्रो बजार कारोवारलाई व्यवस्थित र प्रभावकारी बनाउने
Post Date : July 16, 2016 | 10:40 am

काठमाडौं, १ साउन । धितोपत्र बोर्डले धितोपत्रको दोस्रो बजार कारोवारलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाल स्टक एक्सचेञ्जमा ध्यानाकर्षण गराएको थियो । यसै सन्दर्भमा नेपाल स्टक एक्सचेञ्जको निर्णयानुसार कारोवार विनियमावली २०५५ को विनियम १८(१) बमोजिम २०७३ श्रावण २ गतेदेखि लागू हुने गरी कारोवार समय ११ बजेदेखि अपरान्ह ३ बजेसम्म कायम गर्न लागेको व्यहोरा स्टकले बोर्डलाई जानकारी गराएको र कारोवारलाई प्रभावकारी बनाउन लागेको जनाएको छ ।