धितोपत्र बोर्डद्वारा सुपरिवेक्षण तथा छानबिन समिति गठन
Post Date : July 15, 2016 | 11:23 am

काठमाडौं, ३१ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजारमा हुने अतियमित कार्य तथा उजुरी निरुपण गर्न सुपरिवेक्षण तथा छानबिन समिति गठन गरेको छ । उक्त समितिमा बोर्डको सुपरिवेक्षण तथा अनुसन्धान विभागका प्रमुख कार्यकारी निर्देशकको संयोजकत्वमा बोर्डको कानुन तथा प्रवलीकरण महाशाखा, नियमन महाशाखा र सुपरिवेक्षण महाशाखाका निर्देशक रहेका छन् ।
धितोपत्र बजारको हालको कारोवार संख्या र रकम वृद्धिलाई हेर्दा धितोपत्र बजारमा समेत स्रोत नखुलेको रकम पनि प्रशस्त लगानी भएको आशंकालाई दृष्टिगत गरी सम्पत्ती शुद्धिकरणसम्बन्धी विषयमा तथा धितोपत्र दलालले ग्राहकसँग गरेको कारोवार मोडालिटी सम्बन्धमा अध्ययन तथा छानबिन समितिले गर्नेछ । उक्त समितिले एक महिनाभित्र प्रतिवेदन पेश गर्नेछ ।