धितोपत्र बोर्डले एनआइसी एसिया बैंकलाई दियो हकप्रद शेयर जारी गर्ने स्वीकृति
Post Date : March 7, 2017 | 8:27 pm

काठमाडौँ, २४ फागुन । नेपाल धितोपत्र बोर्डले एनआइसी एसिया बैंकलाई हकप्रद शेयरको निष्काशनको लागि आज फागुन २४ गते स्वीकृति दिएको छ । धितोपत्र बोर्डले १०० बराबर १५ (१००ः१५ कित्ता) को अनुपातमा हकप्रद शेयर निष्काशनको लागि स्वीकृति दिएको हो । बैंकले ८७ लाख २९ हजार ४ सय ७५ कित्ता बराबर ८७ करोड २९ लाख ४७ हजार ५ सय रुपैयाँको हकप्रद शेयर निष्काशन गर्नेछ ।
बैंकको हाल चुक्ता पूँजी ५ अर्ब ८१ करोड ९६ लाख ५० हजार रुपैयाँ छ । हकप्रद शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ६ अर्ब ६९ करोड २५ लाख ९७ हजार रुपैयाँ पुग्नेछ ।
बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ७२ करोड १४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।