धितोपत्र बोर्डले पोखरा फाइनान्सलाई एफपीओ जारी गर्न अनुमति दियो
Post Date : July 2, 2017 | 2:52 pm

काठमाडौँ, १८ असार । पोखरा फाइनान्स लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले एफपीओ जारी गर्न २०७४/३/१५ गते अनुमति दिएको छ ।
धितोपत्र बोर्डले पोखरा फाइनान्सलाई प्रति कित्ता रु.२२०।– का दरले ९ लाख ८३ हजार ६ सय ८२ कित्ता बराबर २१ करोड ६४ लाख १० हजार ४० रुपैयाँको एफपीओ निष्काशन गर्न अनुमति दिएको हो । एफपीओ निष्काशनको लागि बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।