धुर्मुस सुन्तली फाउण्डेसनलाई आईसिएफसी फाइनान्सको सहयोग
Post Date : July 5, 2016 | 11:13 am

काठमाडौं, २१ असार । आईसिएफसी फाइनान्स लिमिटेडले धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गरेको छ । फाउण्डेसनले सिन्धुपाल्चोक जिल्लास्थित गिरानचौरमा सामूहिक घर निर्माण गरी भूकम्प पीडितहरूलाई निःशुल्क घर हस्तान्तरण गर्ने कार्य गरिरहेका छन् । उक्त सामाजिक कार्यलाई प्रोत्साहित गर्न फाइनान्सले ५ लाख ५१ हजार रुपैया सहयोग गरेको छ । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुनर्निर्माणको लागि सहयोग गरेको जनाएको छ ।