नबिल फाउण्डेसनद्वारा सिविन–नेपालले संचालन गरेकोे वेभसाईट प्रवर्द्धनमा सहयोग

काठमाडौँ, १५ माघ । नबिल बैंकद्वारा प्रवर्द्धित नबिल फाउण्डेसनले सिविन–नेपालले बिशेष गरी बालबालिकाहरुका लागि संचालन गरेको वेभसाईट www.balsarokar.com को प्रवर्द्धनमा सहयोग स्वरुप रु. १५०,००० प्रदान गरेको छ । सिविन–नेपालद्वारा सिविन हेल्पलाईन, नैकापमा आयोजित एक कार्यक्रममा नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल तथा नबिल बैंकका संचालक प्रताप कुमार पाठकले सो रकम बराबरको चेक सिविन–नेपालका अध्यक्ष श्री माधव प्रधानलाई हस्तान्तरण गर्नुभयो ।
सिविन–नेपाल बालअधिकारको संरक्षण र सम्वर्द्धनका लागि क्रियाशील रहेको एक सामाजिक संस्था हो । सिविन–नेपालले बालअधिकारको जागरुकताको निमित्त विभिन्न माध्यमहरुबाट सरोकारवालाहरुलाई सूचित गर्ने सन्दर्भमा नयाँ वेभसाईट www.balsarokar.com संचालन गरेको छ । उक्त वेभसाईटमा खबर, लेख, सरोकारवाला तथा बालबालिकाहरु संगको अन्तरवार्ता, अडियो र भिडियो, प्रतिवेदन, बालबालिकाहरुको सम्बन्धित नियम तथा नीतिहरु समावेश गएिको छ ।
नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाले सिविन–नेपाल, जुन असहाय बालबालिकाको भरण पोषण तथा बालबालिकाको बृति बिकासमा समर्पित जस्तो बालअधिकारमुखी संस्थाले सुरुवात गरेको सत्प्रयासमा नबिल फाउण्डेसन सहयोगी बन्न पाएकोमा खुशी व्यक्त गर्नु भयो । सिविन–नेपाल परिवारले नबिल बैंक तथा नबिल फाउण्डेसनलाई सहयोग प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नु भयो ।