नबिल बैंकले थप्यो दुई एटीएम
Post Date : September 23, 2016 | 1:26 pm

काठमाडौं, ७ असोज । नबिल बैंकले अस्पतालमा आउने बिरामी, पर्यटक र स्थानीय बासिन्दालाई लक्षित गरेर चितवन मेडिकल कलेज भरतपुर र सौराहामा बचत तथा ऋण सहकारी संस्थाको भवन बहौलीमा दुई एटीएम काउन्टर थप गरेको छ ।
यो दुई एटीएम सहित बैंकको एटीएमको संख्या ९२ पुगेको छ । जसमध्ये ४३ वटा एटीएम उपत्यका बाहिर रहेका छन् ।