नबिल बैंकले नया कर्मचारी भर्ना गर्ने

Post Date : October 21, 2016 | 11:00 am

काठमाडौं, ५ कार्तिक । नबिल बैंकले १० जना म्यानेजमेन्ट ट्रेनी र १०० जना ट्रेनी असिस्टेन्ट पदका लागि सूचना जारी गरेको छ ।

बैंकले म्यानेजमेन्ट ट्रेनीको लागि सिए, सिपिए, एसिसिएमा प्रथम श्रेणी वा ४ सिजिपिएमा ३.२५ सिजिपिए ल्याई उत्तीर्ण गरेको हुनु पर्ने र ट्रेनी असिस्टेन्टको लागि स्नातक तहमा द्वितीय श्रेणी वा २.५ सिजिपिए ल्याई उत्तीर्ण गरेको हुनु पर्ने योग्यता तोकेको छ । उमेरको हकमा म्यानेजमेन्ट ट्रेनीको लागि २८ वर्ष र ट्रेनी असिस्टेन्टको लागि २५ वर्ष ४ नोभेम्बर २०१६ मा ननाघेको हुनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *