नागरिक लगानी कोषको प्रभातफेरी
Post Date : March 12, 2017 | 10:10 am

काठमाडौँ, २९ फागुन । नागरिक लगानी कोषले २७ औँ वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम गरेको छ । कोषले प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम गर्दै आएको छ ।
कोषको कार्यालय नयाँ बानेश्वरबाट शुरु भएको प्रभातफेरी कार्यक्रम माइतीघर मण्डला हुँदै कोष परिसरमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
सो कार्यक्रममा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले सम्बोधन गर्नु भएको थियो ।