निरन्तर अोरालो लागेको शेयरबजार अाज उकालो लागेकाे छ
काठमाडाैं, ४ कार्तिक । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ६.५८ अंकले बढेर १७९४.४७ बिन्दुमा पुगेको छ । कुल ३७९० कारोवारबाट ७ लाख ८७ हजार ८५३ कित्ता शेयर किनबेच भई ७० करोड ३३ लाख ९९ हजार ८४० रुपैयाको कारोवार भएको छ ।
चार दिन निरन्तर अोरालो लागेको शेयरबजार अाज भने ६.५८ अंकले उकालो लागेको छ । होटल, फाइनान्स र उत्पादन समूह बाहेकका अरु सबै समूह उकालो लागेको छ ।
वाणिज्य बैंकहरुको ३.५७ अंकले बढेर ३७ करोड १० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको ६.१३ अंकले बढेर ६ करोड ७७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने । जलविद्युत समूहको २३.४८ अंकले बढेर ३ करोड २६ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने बिमा समूहको १२७.७५ अंकले बढेर १९ करोड ८५ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । त्यस्तै अन्य समूहको १.४४ अंकले बढेर ५६ लाख २० रुपैयाको कारोवार भएको छ ।
होटल समूहको ४२.९६ अंकले घटेर ३७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने फाइनान्स समूहको ४.२५ अंकले घटेर ६८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै उत्पादन समूहको ७.०९ अंकले घटेर १ लाख १ हजार ९२० रुपैयाको कारोवार भएको छ ।
कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको ६ करोड ३० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ६ कराेड २३ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।