नुवाकोटको खड्गभञ्ज्याङ्ग र दाङको लक्ष्मीपुरमा आइएलएफसिओ माइक्रोफाइनान्स
Post Date : June 17, 2016 | 12:26 pm

काठमाडौं, ३ असार । आइएलएफसिओ माइक्रोफाइनान्स वित्तीय संस्थाले नुवाकोटको खड्गभञ्ज्याङ्ग र दाङको लक्ष्मीपुर–२ मा शाखा स्थापना गरेको छ । योसँगै संस्थाको शाखा संख्या १२ पुगेको छ ।
संस्थाले आ.व. २०७२/७३ को बैशाखसम्म १० वटा शाखामार्फत ९ जिल्लाका ५१ गाविस/नगरपालिकाका ५ हजार ३ सय ४० घरपरिवारलाई लघुवित्त सेवा उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।
त्यसै गरी २०७३ बैशाखसम्म संस्थाले ग्राहक सदस्यलाई ५५ करोड ४९ लाख ९ हजार रुपैया ऋण लगानी गरेको छ । र सोही अवधिसम्म संस्थाले ग्राहक सदस्यबाट ४ करोड ७५ लाख ३७ हजार रुपैया बचत संकलन भएको जनाएको छ ।