नेको इन्स्योरेन्स २०औं वर्षमा प्रवेश
Post Date : May 31, 2016 | 1:22 pm

काठमाडौं । नेको इन्स्योरेन्स स्थापनाको २०औं वर्ष प्रवेशको अवसरमा केन्द्रीय कार्यालय अनामनगरबाट बिमाबारे जनचेतना जगाउने उद्देश्यले पदयात्रा कार्यक्रम गरेको छ । यसका साथै कम्पनीले बिमा बारे चेतना बढाउन अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरेको छ । राष्ट्रिय वाणिज्य बैंक लगायतका प्रवद्र्धक रहेको यस इन्स्योरेन्स कम्पनीले निर्जीवन बिमा व्यवसायका नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ ।