नेपाल इन्भेष्टमेन्ट बैंकले निष्काशन गरेको नयाँ शेयर चैत्र ३० गते बाँडफाँड हुने
Post Date : April 11, 2016 | 1:45 am

नेपाल इन्भेष्टमेन्ट बैंकले निष्काशन गरेको नयाँ शेयर (एफपिओ) चैत्र ३० गते बाँडफाँड हुने भएको छ । बैंकको शेयर निष्काशनमा साना लगानीकर्तालाई ३२ प्रतिशत र ठूला लगानीकर्तालाई ८ दशमलव ५ प्रतिशतका दरले बाँड्ने मोडल तयार भएको नागरिक लगानी कोषले जनाएको छ । यो मोडल नेपाल धितोपत्र बोर्डबाट स्वीकृत हुन बाँकी छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार ५० हजार रुपैया भन्दा कम लगानी गर्नेलाई साना लगानीकर्ता र त्यसभन्दा माथि लगानी गर्नेलाई ठूला लगानीकर्ता मानिन्छ ।