नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई किन्ने
Post Date : August 6, 2016 | 5:58 pm

काठमाडौं, २२ साउन । नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई किन्ने भएको छ । एस डेभलपमेन्ट बैंकलाई किन्ने (एक्वायर) सम्बन्धमा सम्झौता भएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंकको हाल चुक्ता पूँजी ७ अर्ब २५ करोड रुपैयाभन्दा बढी छ । त्यस्तै ४६ शाखा संख्या, ४३ शाखारहित बैंकिङ्ग सेवा र ८२ एटिएम संचालनमा छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले १ खर्ब ८ अर्ब ६३ करोड निक्षेप संकलन, ८७ अर्ब १ करोड कर्जा प्रवाह गरी आ.व. २०७२/७३ मा २ अर्ब ५५ करोड रुपैया खुद मुनाफा गरेको छ ।