नेपाल एसबिआई बैंकको एफपिओ बाँडफाँड
Post Date : February 6, 2017 | 2:53 pm

काठमाडौँ, २४ माघ । नेपाल एसबिआई बैंकको एफपिओ बाँडफँड भएको छ । बैंकले ६७ हजार ७ सय ६७ दशमलब ८७ कित्ता शेयर एफपिओ बिक्री गरेको हो । बैंकको एफपिओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६ सय ७० कित्तासम्मको आवेदन परेको थियो । कुल आवेदक ५७ हजार ९ सय ५३ जनाको आवेदनमध्ये ८ सय २७ जना अयोग्य भएका थिए । योग्य ५७ शजार १ सय २६ जनामध्येबाट गोलाप्रथाद्वारा ६ हजार ७ सय ७६ जना आवेदकलाई शेयर परेको छ ।
धेरै आवेदन गर्नेले पनि १० कित्ता मात्र शेयर पाएका छन् । तर, हिसाब मिलाउनका लागि सातजना आवेदकले ११ कित्ता र एकजना आवेदकले १० दशमलब ८७ कित्ता शेयर पाएका छन् ।