नेपाल एसबिआई बैंकको २८ प्रतिशत बोनस शेयर पारित
Post Date : February 10, 2017 | 11:25 am

काठमाडौँ, २८ माघ । नेपाल एसबिआई बैंकको २३ औँ वार्षिक साधारण सभाले २८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलब ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । साधारण सभाले १० कित्ता बराबर ४ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने र संस्थापक र सर्वसाधारण शेयर स्वामित्व ७० र ३० प्रतिशत कायम गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७२।७३ मा १ अर्ब २३ करोड १९ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो ।