नेपाल एसबिआई बैंकको ४,६९,०५२.६० कित्ता शेयर बिक्री
Post Date : July 16, 2017 | 11:14 am

काठमाडौँ, १ साउन । नेपाल एसबिआई बैंकले हकप्रद शेयर निष्काशनको लागि बिक्री खुल्ला गरेकोमा सर्वसाधारणतर्फको ४,६९,०५२.६० कित्ता शेयरको लागि आवेदन नपरेकोले शिलबन्दी बोलपत्रद्वारा बिक्री गर्ने भएको छ ।
शेयरको न्यूनतम मूल्य प्रति शेयर रु.१००।– तोकिएकोले सो वा सोभन्दा बढी मूल्य अंकित गरी मिति २०७४ साउन ९ गतेदेखि साउन १६ गतेभित्र आवेदनकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौँमा शिलबन्दी बोलपत्र बुझाइसक्नु पर्नेछ ।