नेपाल एसबिआई बैंकले नाफा बढायो
Post Date : November 10, 2016 | 11:49 am

काठमाडौँ, २५ कात्तिक । नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो तीन महिनामा ३५ करोड ४१ लाख रुपैया खुद मुनाफा गरेको छ । अघिल्लो आ.व.को यस अवधिमा बैंकले ३० करोड २० लाख रुपैया खुद मुनाफा गरेको थियो ।
बैंकले चालु आ.व.को असोज मसान्तसम्म ६८ अर्ब ७९ करोड ७४ लाख रुपैया निक्षेप संकलन गरी ५२ अर्ब ३७ करोड ८९ लाख रुपैया कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रीय कर्जा ०.११ प्रतिशत छ ।