नेपाल एसबिआई बैंकले १० बराबर ४ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रक्रियामा
Post Date : March 22, 2017 | 8:06 am

काठमाडौँ, ९ चैत । नेपाल एसबिआई बैंकले १० बराबर ४ को अनुपातमा हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
बैंकले रु.१००।– अंकित दरका १ करोड ९९ लाख १९ हजार ४ सय २३ दशमलब ६० कित्ता शेयर बराबर १ अर्ब ९९ करोड १९ लाख ४२ हजार ३ सय साठी रुपैयाँको हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्काशन एनएमबी क्यापिटल लिमिटेडले गर्नेछ ।